Miss Air Hostess 2011 Grand Final
अनुषा बनिन् मिस एयर होस्टेज-२०११
काठमाडौं – शनिबार काठमाडौंमा सम्पन्न दोस्रो मिस एयर होस्टेज-२०११को उपाधि बेनी म्याग्दीकी १९ वर्षीया अनुषा भण्डारीले जितेकी छिन् । आफ्ना २१ प्रतिस्पर्धीलाई जित्दै उनी दोस्रो मिस एयर होस्टेज भएकी हुन् । उनीलाई ताज गत वर्षकी विजेता काजल खड्काले लगाइ दिएकाी थिइन र हाल उनी पनि उच्च शिक्षाको लागि वैङलोर मा अध्ययन गदै छिन ।मिस एयर होस्टेजको लागि प्रशिक्षण लिएर बसेकी अनुषालाई आयोजक सँस्था सिजन मिडियाका अध्यक्ष प्रदिप राज वन्तले कुनै एयरलाईन्समा एयर होस्टेजको नियुक्ति दिलाउने बताएका छन् ।यस्तै फस्ट रनरपको उपाधि बुटवलकी १८ वर्षीया तुलसा िसंह ठकुरीले हाँसिल गरेकी छिन् । तुलसाले बेस्ट स्माईलको उपाधि पनि पाईन् । सेकेण्ड रनर भने पोखराकी १९ वर्षीया लता तिलिजा भईन् । लताले बेस्ट पस्रनालिटीको उपाधि पनि हाँसिल गरिन् ।जस बापत मिस एयर होस्टेजकी बिजेताले उपाधिसँगै २५ हजार रुपैयाँ फस्ट रनर अपलॆ २० हजार रुपैयाँ र सकेण्ड रनर अपले १५ हजार रुपैयाँ र तीनै जनाले स्नातकमा एक वर्षको लागि साउथ वइस्टन स्टेट कलेज वसुन्धरामा छात्राबृति समेत पाएका छन् ।
मिस एयस होस्टेजको अध्यन तथा प्रशिक्षण पुरा गरेका बसेका युवतीहरु बीच भएको सो प्रतिस्पर्धामा निर्णायकबाट बढी जसो हवाई जहाजको उडान र उनीहरुको पेशा एवँ कार्य सम्बन्धि प्रश्न गरिएको थियो ।सो प्रतियोगितामा बेस्ट प्रुेण्डको उपाधि शर्मिला गुरुङले बेस्ट क्याटवाक र बेस्ट ड्रेसको उपाधि शोभा केसीले बेस्ट फोटो जेनिक उपाधि सविता केसीले जिते ।यस्तै चिजा गुरुङले बेस्ट स्किन र सुजाता पुनले बेस्ट हेयरको उपाधि हाँसिल गरिन् । शर्मिला थापाले पपुलर अवार्ड र अनुषा भण्डारीले भिवस्र च्वाईसको उपाधि प्राप्त गरिन् ।बेस्ट फिगरको उपाधि भने पोखराकि शिला शिल्पकारले पाईन ।सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन् । प्रतियोगिता सुरु हुनु अघि पर्यटन मन्त्री लोकेन्द्र बिष्टले कार्यक्रम उद्घाटन गरेका थिए ।
सो प्रतियोगिताको निर्णा्रयकमा गुण एयरका पाइलट प्रज्वल के सि सोही एयरका चिफ स्टाटेजिक अफिसर घनश्याम आचार्य नेपाल एयरलाईन्सकी चिफ अफ क्याविन क्रयु माधुरी मल्ल जोशी यस्तै अग्नी एयरकी एयर होस्टेज चिफ अाजली शर्मा र नेपाल एयरलाईन्सकी आईएफएस गौरीकला थापा पनि निर्णायक थिईन् ।
Program:-Miss Air Hostess 2011 Grand Final
Venue:- Hotel Shahanshah,Bashundhara
Time:-2.00 PM
Date:- 2068-09-09

